Comments Add Comment

Advertisment

SKIP THIS

मुक्तिको घोषणासँगै हरुवाचरुवा उत्साहित

२६ साउन , काठमाडौं । अनुहार मलिन र चिन्तित देखिने धनुषाको शहीदनगर–४ ननपट्टिका राजदेव वीन अचेल खुसी छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले तराई मधेशमा वर्षाैं कायम हरुवाचरुवा मुक्तिको घोषणा गरेसँगै वीनको अनुहारमा रौनक र चमक फर्किएको हो । प्रधानमन्त्री देउवाले २०७९ साउन २ गते हरुवाचरुवा मुक्तिको घोषणा गरेका थिए ।

‘साहुकोमा म गोठालो बस्दै आएको थिएँ, उनले भने, ‘अब सदाका लागि मुक्त भएको छु ।’ जमिनदारको घरमा हरुवाचरुवाका रुपमा काम गर्दा दासत्वको अनुभूति भएको उनको भनाइ छ ।

साहुको खेतमा मजदुरी गर्ने वीन अब आफू मालिक भएको अनुभव गर्न चाहेको सुनाउछन् । ‘अब साहुबाटै बटैयाँ र ठेक्कामा जग्गा लिएर आफै खेती गर्छु,’ उनले भने । सप्तरीको शम्भुनाथ नगरपालिका–९ बसवलपुरका मुक्ति सदालाई पनि यतिबेला फरक अनुभव भइरहेको छ ।

गाउँकै साहुकोमा खेतीपाती र गोठालोको काम गर्दै आएका मुक्ति पनि हरुवाचरुवाको पहिचानबाट छुटकारा पाउने भन्दै हर्षित छन् । ‘बाबुले लिएको ऋण तिर्न नसक्दा म पनि साहुकोमा हरुवा बस्नुपर्ने स्थिति थियो,‘ उनले भने, ‘सरकारले हरुवाचरुवा मुक्त गरेपछि साहुबाट मुक्त भएको र स्वतन्त्र जीवनमा बाँच्न पाउँदा औधि खुसी लागेको छ ।’

पश्चिम नेपालबाट कमैया र हलिया मुक्त भएको २ दशकपछि बल्ल उस्तै प्रकृतिको हरुवाचरुवा मुक्तिको घोषणा गरिएको छ । ‘मुक्तिको घोषणा भएपनि यसको व्यवस्थापन गर्न चुनौती छ,’ हरुवाचरुवा अधिकारको क्षेत्रमा कार्यरत राष्ट्रिय दलित नेटवर्कका अध्यक्ष गणेश विकले भने, ‘जसका लागि संघ, प्रदेश र स्थानीय तहबीच समन्वय आवश्यक छ ।’

मधेस प्रदेशको ८ वटै जिल्लामा हरुवाचरुवा प्रथा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै