२७ साउन , काठमाडौं । सवारी चालक अनुमति पत्र लाइसेन्सका लागि आवेदन दिनेको चाप बढेपछि वाग्मती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयले कोटा थप गरेको छ ।
आवेदकहरुको चापलाई व्यवस्थापन गर्न भन्दै आजदेखि आवेदन दिन सकिने सङ्ख्या बढाइएको हो । मन्त्रालयले गएको असार २८ गते तोकिएको कोटामा १ हजार २ सय १५ जना थप गरी ३ हजार ६ सय ७५ पुर्याएको यातायातमन्त्री घनश्याम दाहालले जानकारी दिए ।
उनका अनुसार बिचौलियाले चलखेल गर्न नपाउन् भनेर दिउँसो साढे ४ बजेको समय नै तोकेर कोटा थप्ने स्पष्ट व्यवस्था मिलाइएको छ । ललितपुरको एकान्तकुना, काठमाण्डौको ठूलो भर्याङ र चाबहिल, भक्तपुरको राधेराधे र मकवानपुरको हेटौँडा कार्यालयमा दिउँसो साढे चार बजेदेखि लागू हुने गरी आवेदन सङ्ख्या बढाइएको हो । सेवाग्राहीले अनलाइनमार्फत आवेदन दिन सक्नेछन् ।







