Comments Add Comment

Advertisment

SKIP THIS

१ नम्बर प्रदेश प्रहरी कार्यालय मातहत कार्यालय प्रमुखहरुसंग बार्षिक कार्य सम्पादन सम्झौतामा हस्ताक्षर

१ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक सुदिप गिरीले प्रदेश प्रहरी कार्यालय मातहत कार्यालय प्रमुखहरुसंग बार्षिक कार्य सम्पादन सम्झौतामा हस्ताक्षर गर्नु भएको छ ।                           

प्रमुख प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह र प्रदेश प्रहरी प्रमुखबिच गत बुधबार भर्चुअल माध्यमद्धारा बार्षिक कार्य सम्पादन सम्झौता भए अनुसार आज प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक सुदिप गिरीले मातहत प्रहरी कार्यालय प्रमुखहरु संग प्रत्यक्ष तथा भर्चुअल माध्यमद्वारा नेपाल प्रहरीको बार्षिक कार्य सम्पादन सम्झौता पत्रमा हस्ताक्षर गर्नु भएको हो ।

प्रदेश प्रहरी प्रमुखले संझौतामा उल्लेख भए अनुसारका कार्यहरु अक्षरस पालना गरि कर्यान्वयन गर्न हुन मातहत कार्यालयका प्रमुखहरुलाई निर्देशन समेत दिनु भएको छ । शान्ति सुरक्षाको प्रभावकारी व्यवस्थापन, प्रभावकारी अपराध अनुसन्धान तथा प्रविधियुक्त अनुसन्धान प्रणालीको विकास, सवारी दुर्घटना न्युनिकरणका लागी ट्राफिक व्यवस्थापन थप प्रभावकारी बनाउने, नागरिक केन्द्रित प्रहरी सेवा प्रवाहमा सुदृढीकरण, मानव अधिकार संरक्षण र सम्वर्द्धन, बिपद व्यवस्थापनमा नेपाल प्रहरीको क्षमता अभिबृद्धी, सुरक्षा तथा अन्य सरोकारवाला निकायहरुसँगको समन्वय र सहकार्यमा प्रभाबकारीता, तस्करी नियन्त्रण आदि जस्ता बार्षिक कार्यसम्पादनको लक्ष्य रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै