Comments Add Comment

Advertisment

SKIP THIS

बैंक अफ काठमाण्डूका ग्राहकलाई मानसरोवर मनोरञ्जन पार्क एण्ड रिसोर्टमा १० प्रतिशत छुट

३१ साउन , काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेड र मानसरोवर मनोरञ्जन पार्क एण्ड रिसोर्टबीच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकका ग्राहकहरुलाई १० प्रतिशत छुट उपलब्ध गराउने सम्झौता भएको छ ।

सम्झौतापश्चात् ग्राहक महानुभावले मानसरोवर मनोरञ्जन पार्क एण्ड रिसोर्टमा उपलब्ध हुने सेवामा एकमुष्ठ १० प्रतिशत छुट पाउनेछन् ।

उक्त छुटको उपयोग गर्नको लागि ग्राहकले बैंकको कार्ड तथा मोबाइल बैंकिङको प्रयोग गरी भुक्तानी गर्नुपर्ने हुन्छ ।

मानसरोवर मनोरञ्जन पार्क एण्ड रिसोटले बाँकेको नेपालगञ्जबाट सेवाग्राहीलाई गुणस्तरीय सेवा तथा सुविधा प्रदान गर्दै आइरहेको छ । हालसम्म बैंक अफ काठमाण्डूले १०३ शाखा कार्यालय, ९८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै