Comments Add Comment

Advertisment

SKIP THIS

बडिगाडमा भिडियो एक्स–रे र इसीजी सेवासञ्चालनमा

४ भदौ , काठमाडौं । बागलुङको बडिगाड गाउँपालिकाले पहिलोपटक भिडियो एक्स–रे र इसिजी सेवा सञ्चालनमा ल्याएको छ । गाउँपालिकाले सबै वडाका सर्वसाधारणलाई पायक पर्ने गरी ग्वालीचौर स्वास्थ्यचौकीमा भिडियो एक्स–रे र इसिजी सेवा सञ्चालनमा ल्याएको हो । यसअघि बडिगाडका कुनै पनि स्वास्थ्य संस्थामा यो सुविधा उपलब्ध थिएन । गाउँपालिकाले स-शुल्क फार्मेसी सेवासमेत सञ्चालनमा ल्याएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनारायण भण्डारीले बताए ।

‘गर्भवतीका लागि भिडियो एक्सरे कै लागि टाढाटाढा धाउनुपर्ने बाध्यताको अन्त्य गरेका छौँ’, भण्डारीले भने, ‘ स-शुल्क फार्मेसीबाट सरकारी स्वास्थ्य संस्थामा पाइनेबाहेकका औषधि नजिकैबाट बिरामीले पाउने छन् ।’ उनका अनुसार औषधिमा गाउँपालिकाले सहुलियत दिनेछ । छ महिनादेखि पाँच वर्षसम्मका बालबालिकामा देखिने कुपोषणको समस्या समाधान तथा उपचारसमेत स्वास्थ्यचौकीबाट सुरु भएको भण्डारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै