Comments Add Comment

लमजुङमा दुर्घटना कम गर्न ट्राफिक व्यवस्थापन अभियान सुरु

१२ भदौ , काठमाडौँ । जिल्ला प्रहरी कार्यालय लमजुङले ट्राफिक व्यवस्थापन अभियान सुरु गरेको छ । दुई पाङ्ग्रे सवारी साधनलाई लक्षित गरी प्रहरी कार्यालयले लमजुङबाट यस अभियानको सुरुवात गरेको हो ।

नेपालमा हुने दुर्घटनामध्ये दुई पाङ्ग्रेको सङख्या अत्यधिक छ, दुई पाङ्ग्रे सवारी साधनबाट हुने दुर्घटनाको उच्च जोखिम कम गर्न बेसीशहरमा ट्राफिक व्यवस्थापन अभियान सञ्चालन गरीएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख डिएसपी प्रकाश श्रीमलले बताए ।

ट्राफिक व्यवस्थापन तथा सुधार अभियान अन्तर्गत विशेषत प्रहरीले दुई पाङ्ग्रे सवारीका चालकलाई सडकमै प्रशिक्षण दिने, सवारी दुर्घटना कम हुने उपायका बारेमा सिकाउने, ठूला सवारी साधनका चालकलाई सडक अनुशासनका बारेमा सिकाइनेछ ।

सवारी साधनको सङख्या बढ्दै गएको र सडक संरचनाका कारण दुर्घटना हुने गरेकाले सडक संरचना सुधारको आवश्यकता रहेकाले उक्त कार्यक्रम सञ्चालन गरीएको डिएसपी श्रीमलको भनाई छ ।

यस अभियानअन्तर्गत मुख्य शहरी क्षेत्रमा दुई पाङ्ग्रे सवारी चालकलाई सडकमै रोकेर एक हप्तासम्म अभियानबारे जानकारी दिइने ट्राफिक प्रहरी कार्यालय लमजुङका प्रमुख विष्णुबहादुर नेपालीले जानकारी दिए ।

जिल्लामा सवारी दुर्घटना बढी मात्रामा दुई पाङ्ग्रे सवारी साधनका कारण भएकाले ती सवारी चालकलाई ट्राफिक सचेतनाबारे जानकारी गराइने नेपालीको भनाई छ । अभियान सुरु भएसँगै बेसीशहर बजारमा आइतबारबाट एक साइड पार्किङ निषेध अभियान समेत सुरु गरीएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै