Comments Add Comment

Advertisment

SKIP THIS

पूर्व मुख्यमन्त्री डोरमणि पौडेल : संघीय सरकारका कारण स्थानीय र प्रदेश सरकारले काम गर्न सकेको छैन

२० भदौ , काठमाडौं । बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलले संघीय सरकारका कारण स्थानीय र प्रदेश सरकारले प्रभावकारी काम गर्न नसकेको आरोप लगाएका छन् ।

आज प्रदेश राजधानी हेटौँडामा भएको संघीयता सबलीकरण सम्बन्धी छलफलमा बोल्दै उनले संघीय सरकारको मानसिकतामा परिवर्तन नभएसम्म प्रदेश र स्थानीय सरकारका कामकारवाही प्रभावकारी बन्न नसक्ने बताएका हुन् ।

उनले भने ‘समस्या माथि छ । सिंहदरबार अधिकार दिन चाहँदैन । सिंहदरबारकै कारणले आज संघीयतामाथि प्रश्न उठ्ने गरेको छ । हामीमाथि सिंहदरबारमा बस्ने कार्यालय सहयोेगी ठूलो हुन्छ । तर प्रदेश स्थानीय तहका सचिव केही पनि होइनन् भन्ने मानसिकताले काम गरेको छ । सिंहदरबार अनि प्रदेशले काम गर्न सकेन भनेर आलोचना भइरहेको छ । संविधानमा भएको एकल अधिकार स्थानीय र प्रदेश सरकारले पाइरहेको छैन । सरकारले कानुन बनाउँदैन । कानुन नबनाईकन काम गर्न पाउँदैनौँ । प्रदेश सरकार र स्थानीय सरकारले कानुन बनायो भने पनि संघीय सरकारले कानुन नबनाईकन लागू पनि हुँदैन र संघीय सरकारले बनाएको कानुनसँग बाझियो भने स्वतः खारेज हुन्छ । यो अवस्थामा हामी छौँ । यो किन भइरहेको छ त भन्दा संघीय सरकार मूलतः स्थानीय र प्रदेश सरकारलाई बलियो बनाउन चाहिरहेको छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै