Comments Add Comment

Advertisment

SKIP THIS

काठमाडौं-७ मा श्रीमान-श्रीमती भिड्दै

२१ भदौ , काठमाडौं । नेकपा एमाले विभाजन भएपछि नेता विभाजित हुन स्वभाविक नै हो । पार्टी विभाजनसँगै एमाले र नेकपा एकीकृत समाजवादीमा बाँडिएका एक दम्पती आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा सदस्यका लागि आ–आफ्नो पार्टीबाट उम्मेदवार सिफारिस भएका छन् ।

हाल वागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री रहेका वसन्त मानन्धर एकीकृत समाजवादीबाट काठमाडौं–७ को प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार सिफारिस भएका छन् ।

यस्तै, उनकी पत्नी इन्दिरा पन्त नेकपा एमालेले सोही क्षेत्रमा उम्मेदवार सिफारिस गरेको छ । शुक्रबार बसेको क्षेत्रीय कमिटी बैठकले बसन्त मानन्धरको नाम एकलरूपमा सिफारिस गरेको हो भने उनकी पत्नी पन्तलाई एमाले क्षेत्रीय कमिटी बैठकले उम्मेदवार सिफारिस गरेको हो । एमालेले पन्तसहित तीन जनाको नाम सिफारिस गरेको छ ।

अघिल्लो निर्वाचनमा मानन्धर एमालेबाट प्रदेशसभा सदस्य निर्वाचित भएका थिए । तर, पार्टी विभाजनपछि उनी नेकपा एकीकृततिर लागेका हुन् । उनकी पत्नी पन्त भने एमालेमै छन् ।

पन्तलाई एमालेले काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवारमा समेत सिफारिस गरेको थियो । एमाले नेतृ पन्तले आफू पार्टीबाट उम्मेदवारको आकांक्षी रहेको र नाम पनि सिफारिस भइसकेको बताउँदै आफू चुनाव लड्न तयार रहेको बताएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै