२३ भदौ , काठमाडौँ । सार्वजनिक ऋण ब्यबस्थापन कस्र्यालयका अनुसार आर्थिक वर्ष ०७८/७९ मा मात्र साँवा ७६ अर्ब ७४ करोड र ब्याज ४५ अरब १२ करोड तिरेको छ ।
यो रकम हाल सम्मकै उच्च हो । हिजो मात्र एक कार्यक्रममा प्रधानमन्त्रीले कर्मचारीलाई तलव खुवाउन पनि बैदेशिक ऋण लिनुपर्ने अवस्था आइसक्यो भन्नुले पनि हाल देशको अर्थतन्त्र कुन अवस्थामा छ भन्ने कुराको प्रष्टीकरण हुन्छ । हाल प्रत्येक नेपाली जन्मिनासाथ करिब साठी हजार ऋणको भार बोक्दछन ।
शासकले बैदेशिक ऋण लिंदा कुन हदसम्म लिने भन्ने कुनै सीमा , मापदन्ड र ऐन कानुन नहुँदा आज नेपाली जनताले ऋण ब्यहोर्नु परेता पनि न आधारभूत आवश्यकता परिपूर्तीको महशुस गरेका छन , न त शुसासनको प्रत्याभूति नै । तत्काल उत्पादन बढाउने र रास्टृय पूंजी बढने क्षेत्रको लागि ऋण लिनुबाहेक अन्य अनुत्पादीत क्षेत्रमा लिइएको ऋणले न भोकलाई भोजन , न त शरिरलाई कपडा भने जस्तो हरेक पटक बेतन र बोनस अनि सरकारी सेवासुबिधाको लागि मात्र लिइने ऋणले सांच्चै अवको नेपाली अर्थतन्त्रको गति कसरी अगाडि बढ्ला ?






