Comments Add Comment

Advertisment

SKIP THIS

ठिमी प्रहरीद्वारा इजी वे ट्रायल सेन्टरमा लाइसेन्स ट्रायलको नक्कली प्रवेश पत्र बनाउने ५ जना पक्राउ

भक्तपुर – भक्तपुरबाट ५ जना लिखतसम्बन्धी कसुरमा पक्राउ परेका छन् । भक्तपुरको ठिमी राधेराधेस्थित इजी वे ट्रायल सेन्टरमा लाइसेन्सको ट्रायल दिलाउनका लागि नक्कली प्रवेश पत्र बनाउने कार्यमा संलग्न ५ जनालाई पक्राउ गरेको प्रहरी वृत्त ठिमीका प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक (डिएसपी) हरिनन्दन चौधरी बताए ।                                                                                                     

डिएसपी चौधरीका अनुसार विवादित इजी वे ट्रायल सेन्टरमा विगत लामोसमयदेखि नक्कली प्रवेश पत्र बनाईदिई लाइसेन्सको ट्रायलमा सहभागी गराइदिएको घटना पटक–पटक सार्वजनिक भएको विषयमा लामो समयको अनुसन्धानपछि भक्तपुरका विभिन्न स्थानबाट पक्राउ भएका हुन् ।

पक्राउ पर्नेमा सिन्धुली जिल्ला दुधौली–११ घर भई हाल चाबहिल बस्ने २० वर्षीय मनिष श्रेष्ठ, सिन्धुलीकै दुधौली–४ का हाल तिनकुने बस्ने मनिष लामिछाने, कालीकोट महाबई–१ का इन्द्रबहादु शाही, सिन्धुली दुधौली–१४ का टुल्कुसिं तामाङ र गोरखा भिमसेनस्थान–१ का राजकुमार श्रीमत रहेका छन् ।                                                                                                                                 

उनीहरुलाई नक्कली नागरिकताहरु, पासपोर्ट, प्रबेश पत्रहरु, बिभिन्न रसिद, ल्यापटप, नक्कली नागरिकता बनाउन प्रयोग गरिने कागजात र मोबाईल सहित पक्रउ गरी अनुसन्धान सुरु गरिएको पनि चौधरीले जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै