Comments Add Comment

Advertisment

SKIP THIS

महानगरले हटायो लगनखेलस्थित मञ्जुश्री पेट्रोल पम्प

२६ भाद्र , काठमाडौँ । ललितपुर महानगरपालिकाले लगनखेलमा बसपार्कनजिक रहेको मञ्जुश्री पेट्रोल सेन्टर हटाएको छ । महानगरकै जग्गामा रहेको उक्त पेट्रोल पम्प लामो समयदेखि सञ्चालनमा रहेको थियो । जसलाई महानगरले आइतबार हटाएको हो ।

महानगरले सार्वजनिक जग्गामा रहेको सबै संरचना हटाउने अभियान चलाएपछि १२ नम्बर वडामा रहेको उक्त पेट्रोल पम्प हटाउन थालिएको महानगरले जनाएको छ ।

महानगरका मेयर चिरिबाबु महर्जनसहितको टोलीसहित आइतबार लगनखेल पुगेर पेट्रोल सेन्टरमा पुगेर इन्धन खाली गराएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै