Comments Add Comment

Advertisment

SKIP THIS

गृह सचिवमा विनोदप्रकाश सिंहको सरुवा

काठमाडौं । मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि आचारसंहिता लागु गर्ने तयारीसँगै सरकारले कर्मचारीको सरुवालाई तीव्र पारेको छ।                                                                       

सोमबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले गृहलगायत केही सचिवहरूको सरुवा गरेको छ । प्रदेश नम्बर १ का प्रमुख सचिव विनोदप्रकाश सिंहलाई गृह सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो ।

यससँगै हालका गृह सचिव टेकनारायण पाण्डेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएको छ । यसैगरी बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव तोयम रायलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सचिवमा सरुवा गरेको छ भने त्यहाँका गणेश पाण्डेलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको अतिरिक्तमा तानिएको छ ।

अख्तियारमा प्रधानमन्त्री कार्यालयका सचिव राम प्रसाद घिमिरेलाई पठाइएको स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै