Comments Add Comment

Advertisment

SKIP THIS

सन्दीप लामिछानेसँग जोडेर फेक फोटो भाइरल, युवतीले दिइन् साइबर ब्यूरोमा उजुरी

२८ भाद्र , काठमाडौँ । राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेविरुद्ध बलात्कारको आरोप लगाउने किशोरी भन्दै सामाजिक सञ्जालमा असम्बन्धित तस्वीर भाइरल बनाइएको छ।

आफ्नो तस्बिर दुरुपयोग गरिएको भन्दै भाइरल भएकी युवतीले साइबर ब्यूरोमा उजुरी दिएकी छिन्। ब्यूरो स्रोतका अनुसार युवतीले केही दिनअघि निवेदन दिएकी हुन् ।

उनले सामाजिक सञ्जालमा प्रयोग भइरहेको तस्बिर तथा त्यसमा आएका गालीगलौजको स्क्रिनसटसहित निवेदन दिएकीछन्। आफूले सन्दीपविरुद्ध कुनै आरोप नलगाएको भन्दै बिनाकारण बदनाम गर्न खोजिएको ती युवतीको गुनासो छ। यसमा संलग्नहरुलाई कानुनी कारबाहीको दायरामा ल्याउन उनको माग छ।

गत मंगलबार एक १७ वर्षीया किशोरीले सन्दीपविरुद्ध बलात्कारको आरोप लगाउँदै महानगरीय प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन् ।

त्यसको दुई–तीन दिनपछि केही फेसबुक ग्रुपहरुले जाहेरीकर्ता किशोरी भन्दै एउटा तस्बिर सार्वजनिक गरेका थिए। नेपालको कानून अनुसार यसै पनि यस्तो घटनामा जाहेरीकर्ताको पहिचान र तस्बिर सार्वजनिक गर्न मिल्दैन ।

त्यसमाथि यसरी सार्वजनिक गरिएको तस्बिर सम्बन्धित व्यक्तिमा नभएको एक प्रहरी अधिकृतले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

यसरी बन्छ एआईबाट ‘भाइरल’ फोटो

Advertisment

छुटाउनुभयो कि? सबै

यसरी बन्छ एआईबाट ‘भाइरल’ फोटो