Comments Add Comment

Advertisment

SKIP THIS

आगामी मङ्सिरमा हुने चुनावी कमान्ड नेपाल प्रहरीका डीआईजी बसन्त कुँवरले सम्हाल्ने

काठमाडौँ- सरकारले नेपाल प्रहरीका एआईजी सहकुल थापाको सरुवा गरेको छ। गृहसचिव फेरेको सरकारले चुनाव लागेसँगै प्रहरीको चुनावी कमान्डर पनि फेरेको हो। सोमबारकै मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीका निर्वाचन सेल संयोजक अर्थात चुनावी कमान्डरका रुपमा रहेका थापालाई सरुवा गरेर राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जिम्मेवारी दिएको हो। अब नेपाल प्रहरीको चुनावी कमान्ड डीआईजी बसन्त कुँवरले सम्हाल्ने छन्।

मंसिर ४ को चुनाव नजिकिएसँगै प्रहरी प्रधान कार्यालयले प्रहरीको व्यापक सरुवा बढुवा गरिरहेको छ। मङ्सिर ४ मा हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि थापा नेतृत्वको केन्द्रीय निर्वाचन सेल गठन गरिएको थियो। तर काम सुरु नहुँदै उनको सरुवा भयो। कमान्ड सम्हाल्न आएका डीआईजी कुँवर बढुवा हुँदा पहिलो नम्बरमा बढुवा भएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै