Comments Add Comment

Advertisment

SKIP THIS

उत्तरगंगा जलाशययुक्त आयोजना अघि बढाउन सरकारकाे ध्यानाकर्षण

३१ भाद्र , काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसद कमला रोक्काले उत्तरगंगा जलविद्युत् आयोजना निर्माणका लागि पटकपटक प्रक्रिया अगाडि बढाउन आग्रह गरिए पनि सुनुवाइ नभएको गुनासो गरिन्।

उनले ढोरपाटन सिकार आरक्षलाई कुनै पनि समस्या नपर्ने गरी सो आयोजना तत्काल अगाडि बढाउन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको ध्यानाकर्षण गराएकी छन् । कूल ८ सय २८ मेगावाट क्षमताको सो आयोजना हाल अध्ययनका क्रममा छ ।

आयोजनाबाट निकास हुने पानीका विषयमा कुरा मिल्न नसक्दा प्रक्रिया अगाडि बढ्न सकेको छैन । केहीले आयोजनाबाट निकास हुने पानी बाग्लुङतर्फ नै खसाल्नुपर्ने धारणा राख्नछन् । धेरैले सो आयोजनाको पानी हाल उत्तरगंगा नदीकै प्राकृतिक बहाव अनुसार बग्न दिनुपर्ने बताउँछन् ।

त्यस्तै सांसद रोक्काले ढोरपाटन शिकार आरक्षबाट स्थानीयवासीले लाभ लिने वातावरण बनाउनुपर्ने धारणा राखे । सांसद डिला संग्रौला पन्तले संसद्को ५ वर्षे कार्यकालमा आफूले देश, जनताका दैनिक समस्या उठाउन पाएको र आफूले पनि केही कुरा सिक्न पाएको बताइन् ।

सांसद नारायण मरासिनीले सिद्धार्थ राजमार्गको स्तरोन्नति गर्न आग्रह गरे । पहिरोका कारण नियमितरुपमा यातायात सञ्चालनमा समस्या देखिएको भन्दै उनले सरकारको ध्यानाकर्षण गराए । सांसद प्रेम सुवालले भक्तपुरमा वितरित इन्टरनेट सेवा गुणस्तरीय नभएकाले अस्पतालमा उपचारत बिरामी र विद्यालयमा अध्ययन गरिरहेका विद्यार्थीले कठिनाइ भोग्नुपरेको भन्दै सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए ।

सांसद खेमप्रसाद लोहनीले बूढीगण्डकी जलविद्युत् आयोजनाबाट प्रभावितको क्षतिपूर्ति, मुआब्जा, पुनःबास र पुनःस्थापनाको काम बाँकी नै रहेकाबताए ।

सांसद गजेन्द्र महतले सिंगो कर्णालीलाई पाल्नसक्ने रारा ताल तथा त्यस क्षेत्रमा फैलिएको निकुञ्जलाई पूर्वतर्फ स्थानान्तरण गर्न आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै