Comments Add Comment

Advertisment

SKIP THIS

एसएसपी राजेन्द्र भट्टको प्रमुख आतिथ्यमा ट्राफिक स्वयंसेवक परिचालन कार्यक्रम सम्पन्न

काठमाडौंको रामशाहपथ स्थित उपत्यका ट्राफिक प्रहरी कार्यालयको सभाहालमा ट्राफिक स्वयंसेवक परिचालन कार्यक्रम एक समारोह बिच समापन गरिएको छ ।                                                                           

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथ, द टाइम्स ईन्टरनेशनल कलेज डिल्लीबजार, गणेशमान सिंह बहुमुखी क्याम्पस कलंकी, विश्वनिकेतन माध्यामिक विद्यालय त्रिपुरेश्वर र वि.ए.आर.एन संस्थाको संयुक्त आयोजनामा भदौ ‍२५ गते देखि सुरु भएको ट्राफिक स्वयंसेवक परिचालन कार्यक्रम काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरिक्षक राजेन्द्र प्रसाद भट्टको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।                                                                                 

कार्यक्रममा उपत्यका ट्राफिक कार्यलय तथा मातहतका प्रहरी अधिकृत, सम्बन्धित कलेज एवं विद्यालयका प्राध्यापक तथा विद्यार्थीहरु र संस्थाका प्रतिनिधीहरूको सहभागिता रहेको थियो । “हाल चुनौतीको रुपमा देखिएको सडक सुरक्षा सम्बन्धी समस्या समाधन गर्न प्रत्येक नागरिक आफै सचेत हुने पर्ने र यसमा सरोकारवाला सबैले हातेमालो गर्नु पर्ने” कार्यक्रमका प्रमुख अतिथि उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरिक्षक भट्टले बताउनु भयो । यसका साथै उँहाले सबैलाई धन्यवाद दिनुका साथै सहभागी विद्यालय तथा कलेजका प्राध्यापक एवं विद्यार्थी र संस्थाका प्रतिनिधीलाई कदर तथा प्रशंसापत्र प्रदान गर्नु भयो ।                                                                                                   

ट्राफिक स्वयंसेवक परिचालन कार्यक्रम अन्तरगत १५२ जना विद्यार्थीहरू ट्राफिक स्ववंसेवक भई भदौ ‍२५ गते देखि भदौ ३१ गतेसम्म ट्राफिक प्रहरीसँग सडकमा खटिएका थिए । ट्राफिक स्वयंसेवक भई खटिएका विद्यार्थीहरूले सडकमा पैदलयात्रीलाई जेब्राक्रसिङ तथा आकाशेपुल प्रयोग गराउने, चालकलाई ट्राफिक लाईटको पालना गर्न आग्रह गर्ने लगायतका कार्यहरू गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै