Comments Add Comment

Advertisment

SKIP THIS

एक वर्षमा १४८ वटा भ्रष्टाचार मुद्दाको फैसला

६ असोज , काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेकामध्ये आर्थिक वर्ष २०७८/७९ मा १४८ वटा मुद्दाको फैसला भएको छ।

फैसला भएका मुद्दामध्ये ५७ वटा अर्थात् ३८.५ प्रतिशत फैसलाहरुमा भ्रष्टाचारजन्य कसुर कायम भएको अख्तियारले जनाएको छ।

अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा कुल ११३ मुद्दाको फैसला हुँदा ८१ मुद्दा (७१.६८ प्रतिशत)मा आयोगलाई सफलता मिलेको थियो।

‘सर्वोच्च अदालतको फैसलाबमोजिम रङ्गेहात कारबाहीमा आयोगले प्रमाणको लागि उपलब्ध गराएको रकममार्फत भएका कारबाहीसम्बन्धी मुद्दाहरू खारेज गरेको कारण कसुर कायम हुने अनुपातमा कमी आएको देखिएको छ,’ अख्तियारले हालै सार्वजनिक गरेको आफ्नो ३२औं वार्षिक प्रतिवेदनमा भनेको छ।

विशेष अदालतबाट भएका फैसलाहरुमध्ये आर्थिक वर्ष २०७८/७९ मा ५७ वटा फैसलाउपर सर्वोच्च अदालतमा पुनरावेदन गरिएको छ। अघिल्लो वर्ष यो संख्या ५८ रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै