Comments Add Comment

सत्तामा पुगेर बाँडीचुँडी खानलाई गठबन्धन : उपाध्यक्ष पौडेल

७ असोज , काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले ५ दलको चुनावी गठबन्धन केवल सत्तामा पुगेर बाँडेर खानका लागि मात्रै भएको बताएका छन् ।

आज एमाले लुम्बिनी प्रदेश सल्लाहकार परिषदको बुटवलमा आयोजित प्रथम बैठकमा बोल्दै उपाध्यक्ष पौडेलले सत्तामा रहेका दलहरुको गठबन्धन कुनै विचार सिद्धान्त मिलेर नभई केवल फेरि सत्तामा पुगेर बाँडेर खाने दाउ मात्रै भएको बताए ।

उनले गठबन्धनले सुशासन र समृद्धि दिन नसक्ने र देशलाई सही मार्गमा लैजान नसक्ने भन्दै एमाले कार्यकर्ताहरुले यी विषयहरु जनतासामु प्रष्ट पार्नुपर्ने बताए । उनले भने, ‘गठबन्धनसग जनता सामु जाने न विचार छ, न नीति छ, न कार्यक्रम छ, ‘तर एमालेसँग देशलाई सही नेतृत्व गर्ने विचार, दृष्टिकोण र नीति कार्यक्रम सबै छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै