Comments Add Comment

Advertisment

SKIP THIS

मन्त्री थापाको निजी लगानीमा कुरेचौरका बासिन्दालाई खानेपानीको सुविधा

१३ असोज , काठमाडौँ । पोखरा महानगरपालिका–१६ हर्पाकस्थित कुरेचौरका बासिन्दालाई खानेपानीको सुविधा पुगेको छ । नाङले छहरो खानेपानी योजनाअन्तर्गतको जीर्ण पानी संकलन ट्याङ्की मर्मत गरेसँगै स्थानीयलाई खानेपानीको सुविधा पुगेको हो ।

गण्डकी प्रदेशका कानून, संचार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापाले आफूले राज्यबाट प्राप्त गरेको सेवा सुविधामार्फत ३७ हजार पाँच सयको आर्थिक सहयोगबाट पानीट्याङ्की मर्मत गरेसँगै ३२ घरपरिवारलाई खानेपानीको सुविधा पुगेको स्थानीय उपभोक्ता रमेशराज आचार्यले जानकारी दिए ।

सेवा सुविधामार्फत विसं २०७८ चैतदेखि हालसम्म प्राप्त सेवा सुविधाको रकमबाट प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुदअन्तर्गतको प्याराग्लाइडिङको बन्द प्रशिक्षणका खेलाडीका लागि २५ हजार, पोखरा-१७ विरौटामा खानेपानी पाइप खरिद तथा विस्तारलगायत विभिन्न ३६ योजनामा ११ लाख ३६ हजार सात सय विनियोजन गरिएको मन्त्री थापाले आज प्रेस युनियन कास्कीद्वारा पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

पत्रकार सम्मेलनमा मन्त्री थापाले विसं २०७४ देखि हालसम्म राज्यका तर्फबाट आफ्नो नाममा बैंकमा जम्मा भएको ४० लाख ७१ हजार दुई सय ४९ आवश्यकताअनुसार विकास निर्माण एवं सामाजिक कार्यमा विनियोजन गरेको उल्लेख छ ।

सरकारी निवासको समेत सुविधा नलिएका मन्त्री थापाले निर्वाचित भएको पाँच वर्षको अवधिमा राज्यबाट प्राप्त बैठक भत्तादेखि मासिक पारिश्रमिक र अन्य सेवा सुविधा ४० लाख ७१ हजार तथा आफ्नो निजी रकम रु साढे १७ लाखसहित कुल ५८ लाख २९ हजार ६६ विभिन्न विकास निर्माणमा सहयोग गरेको बताए ।

उनले आगामी निर्वाचनमा प्रदेशसभा सदस्यमा पार्टीले पुनः सिफारिस गरेको जनाउँदै निर्वाचित भएमा समाजका असहाय, विपन्न वर्गको पक्षमा काम गर्ने र नपाएमा पनि पार्टीको उम्मेदवारलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । मुलुकमा अनियमितता र भष्ट्राचार बढिरहेको वर्तमान अवस्थामा मन्त्री थापाले आफूले पाउने पारिश्रमिकसमेत विकास निर्माण र सामाजिक सेवामा समर्पित हुनु सबैका लागि उदाहरणीय कार्य भएको स्थानीय बासिन्दाको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै