Comments Add Comment

Advertisment

SKIP THIS

नेपाल प्रहरीको सफलता : लाल मोहम्मद मृत्यु प्रकरणमा तीन जनालाई पक्राउ गरी सार्वजनिक

काठमाडौं । काठमाडौंको गोठाटारमा गत ४ असोजमा भएको लाल मोहम्मदको हत्या प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पत्रकार सम्मेलन गरी पक्राउ परेकाहरूलाई सार्वजनिक गरेको हो ।                                                                             

पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका-१६ बस्ने २१ वर्षीय महोरम मियाँ, वीरगन्ज-१५ का १९ वर्षीय रेहान मियाँ र मकवानपुर बकैया गाउँपालिका-१ घर भई काठमाडौंको कपन फैकाचोक बस्ने २१ वर्षीया सुमी भन्ने सुस्मिता स्याङताङ छन्।                                                                                     

उपत्यका अपराध महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनक भट्टराईका अनुसार दुई जना पुरूषलाई शुक्रबार वीरगन्जबाट पक्राउ गरेको हो । यस्तै सुमीलाई भने काठमाडौ‌ंबाटै पक्राउ गरिएको उनले बताए ।

पक्राउ पर्ने महोरम र रेहानले पर्साबाट काठमाडौंसम्म पेस्तोल ल्याएका थिए। घटनामा प्रयोग भएको ‘मेड इन युएसए’ लेखिएको पेस्तोल काठमाडौं ल्याउने काम उनीहरू दुई जनाले गरेका थिए। घटनास्थलबाट उक्त पेस्तोल पनि प्रहरीले बरामद गरेको छ।प्रहरीले घटनास्थलबाट ९ एमएमको चार वटा खोका र चार राउन्ड गोली पनि बरामद गरेको छ।

हत्याको घटनाबारे अनुसन्धान गर्न बनेको समितिका प्रमुख समेत रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी जनक भट्टराईले पक्राउ परेकामध्ये रेहान र महोरम हतियार व्यवस्थापनमा संलग्न रहेको जानकारी दिए ।

एसएसपी भट्टराईका अनुसार सुस्मिता लाल मोहम्मदको रेकीको जिम्मेवारीमा थिइन् । उनले एक महिनादेखि लाल मोहम्मदका हरेक घटनाको निगरानी गरी सूचना प्रवाह गरेको अनुसन्धानबाट खुलेको भट्टराईले जानकारी दिएका छन् । लाल मोहम्मदमाथि गोली प्रहार गर्ने भने अहिलेसम्म फरार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै