Comments Add Comment

Advertisment

SKIP THIS

अबैध रूपमा भन्सार छली गरी ल्याउदै गरेको इलेक्ट्रोनिक समान बरामद

२६ असोज , काठमाडौं । मोरङको बिराटनगर महानगरपालिका-१२ स्थितबाट प्रहरीले अबैध रूपमा भन्सार छली गरी नेपाल ल्याउदै गरेको इलेक्ट्रोनिक समानहरु बरामद गरेको छ । सोमबार बेलुका बिराटनगरको दरैया स्थितमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले को.१ च ३१७८ नम्वरको भेनलाई चेक जाँच गर्ने क्रममा अवैधरुपमा भन्सार छली गरी नेपाल ल्याउदै गरेको बिभिन्न प्रकारका इलेक्ट्रोनिक समानहरु बरामद गरेको हो । बरामद गरिएका करिव ४ लाख ७० हजार मुल्य बरावरका ईलेक्ट्रोनिक समान र भेनलाई आवश्यक कारवाहीको लागि भन्सार कार्यालय रानी बिराटनगरमा बुझाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै