Comments Add Comment

Advertisment

SKIP THIS

इष्टर्न हाइड्रोपावरको आईपीओमा आजदेखि आवेदन दिन सकिने

२८ असोज , काठमाडौं । इष्टर्न हाइड्रोपावर लिमिटेडले आजदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयमा आईपीओ बाँडफाँटपछि सर्वसाधारणलाई आईपीओ बिक्री खुला गरेको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ६ लाख ७० हजार ३१० कित्ता शेयर सर्वसाधारणमा बिक्री सुरु गरेको हो । ३३ हजार ५१५ कित्ता शेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । १३ हजार ४०६ कित्ता शेयर कर्मचारीका लागि छुट्याइएको छ । यसबाहेक बाँकी ६ लाख २३ हजार ३८९ कित्ता शेयर सार्वजनिक निष्कासन गरिएको हो ।

सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म माग गर्दै आवेदन दिन सक्नेछन् । छिटोमा कात्तिक १ गतेसम्म बिक्री खुला हुनेछ । उक्त अवधिसम्म मागबमोजिम आवेदन नपरे ढिलोमा कात्तिक १४ गतेसम्म किक्री लम्बिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै