गण्डकी प्रदेश दङ्गा नियन्त्रण गण तनहुँमा कार्यरत प्रहरी जवान अबिनाश खड्का २०७८ साल फागुन महिनाको उत्कृष्ट प्रहरी ” ( POLICE OF THE MONTH ) घोषित भएका छन् ।

प्रहरी जवान अबिनाश खड्कालाईले विभागिय मुल्य-मान्यता,आदेश-निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोवल र साहसका साथ आफ्नो कर्तव्य निर्वाह गरी अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पुर्याउने क्रममा २०७८।११।२२ गते जिल्ला तनहुँ व्यास नगरपालिका-४ दमौली स्थित भुपाल हार्डवेयरमा भएको आगोलागि बाट जनधनको क्षेती हुन नदिई उत्कृष्ट तवरबाट कार्य सम्पादन गरेको र आफनो जिम्मेवारी अत्यन्तै लगनशिल, कर्तब्यनिष्ठ एवं ईमान्दारीका साथ कार्य सम्पादन गर्दे प्रहरी संगठनको छबिलाई उच्च राख्न प्रभाबकारी भुमिका निर्वाह गरेको हुँदा मिति २०७८।१२।१२ गते साप्ताहिक निरीक्षणको दिन गण्डकी प्रदेश दङ्गा नियन्त्रण गण तनहुँका प्रमुख प्रहरी नायव उपरीक्षक विनोद शर्माद्वारा प्रोत्साहन स्वरुप Best Police of The Month प्रमाण पत्र दिनुका साथै अभिलेखमा जनिने गरी नगद रु.१०००।– (एक हजार) पुरस्कार सहित उत्कृष्ट घोषणा गरिएको हो ।
त्यस्तै आम नागरिकहरुमा सुरक्षाको अनुभूति हुने गरी नागरिक समक्ष प्रहरीको छवि उच्च बनाउने तर्फ प्रशंसनीय कार्य गरेकोले प्रहरी जवान अबिनाश खड्काले सम्पादन गरेको उत्कृष्ट कार्यको उच्च मुल्याङकन गर्दै उनलाई फागुन महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरिएको गण्डकी प्रदेश दङ्गा नियन्त्रण गण तनहुँले जनाएको छ ।






