Comments Add Comment

Advertisment

SKIP THIS

संखुवासभाको मादीमा सवारी दुर्घटना, तीन जना घाइते


५ माघ , काठमाडौँ । इटहरी संखुवासभाको मादी नगरपालिका वडा नं ६ पुलुङ को पिण्डे चौतारामुनि आज बिहान ९ बजेतिर मोटरसाइकल र सुमो पिकप एकआपसमा ठोक्किएर दुर्घटना भएको छ ।

बाइकमा सवार मादी न पा ८ मावादिन निवासी राजकुमार गुरुङ, उनकी श्रीमती र १ वर्षीया छोरी सख्त घाइते भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । सुमोमा भने सामान्य क्षति मात्र भएको छ भने मोटरसाइकल काम नलाग्ने गरि बिग्रिएको छ । सुमोचालक भने सकुशल रहेका प्रत्यक्षदर्शीले बताएका छन् ।

घाइतेहरुलाई धरानस्थित घोपा क्याम्पमा लगिएको ६ नं वडाका वडाध्यक्षले जानकारी दिएका छन् । घटनास्थलमा तत्कालै प्रहरी उपस्थित भएपछि घटनाको मुचुल्का उठाई घाइतेलाई सिघ्र उपचारमा पठाइएको र सवारी साधन नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment