Comments Add Comment

Advertisment

SKIP THIS

नेपाल प्रहरीको पुरूष भलिबल टिमलाई पहिलो खेलमा सफलता

२८ असोज , काठमाडौं । पोखरामा आयोजित नवौं राष्ट्रिय खेलकुद २०७९ अन्तर्गत शुक्रबार बिहान भएको पुरूष भलिबल खेलमा नेपाल पुलिस क्लबले आफ्नो पहिलो खेलमा सफलता प्राप्त गरेको छ ।

पोखरा रंगशालामा संचालित खेलमा नेपाल पुलिस क्लबले कर्णाली प्रदेशलाई २५-१६, २५-१२ र २५-११ को सोझो सेटमा पराजित गरेको हो । नेपाल प्रहरीको पुरूष भलिबल टिम समूह ‘ए’ मा रहेको छ । जसमा नेपाल पुलिस क्लब, कर्णाली प्रदेश र लुम्बिनी प्रदेश रहेका छन् । नेपाल पुलिस क्लबले असोज २९ गते लुम्बिनी प्रदेशसँग दोस्रो तथा समूह चरणको अन्तिम खेल खेल्नेछ ।

नवौं राष्ट्रिय खेलकुद २०७९ अन्तर्गत गोरखाको गोरखा नगरपालिका-७ गोरखा क्याम्पसको हलमा बिहीबार संचालन भएको बुद्धिचाल खेलमा नेपाल प्रहरीका खेलाडीहरूले सफलता प्राप्त गरेका छन् । बुद्धिचाल खेलमा नेपाल प्रहरीका खेलाडी पुनम प्रसाईं, आभा पुडासैनी, पूर्णिमा गुरूङ, सुबिर लामा र क्षितिज भण्डारीले सफलता प्राप्त गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment