२८ असोज , काठमाडौं । नेपाली टेलिभिजनको चार दशक लामो इतिहासमा पहिलो पटक नेपाली चलचित्रको टेलिभिजन वर्ल्ड प्रिमियर गरिने भएको छ ।
नेपाल नेटवर्क टेलिभिजनले आफ्नो प्रशारणको सुरुवात संगै नयाँ–नयाँ नेपाली चलचित्रहरुको टेलिभिजन प्रिमियर गर्ने भएको हो । हरेक हप्ता एउटा पुरानो चलचित्र र महिनाको एउटा नयाँ चलचित्र हलमा प्रदर्शन भएर अन्य कुनै डिजिटल प्लेटफर्ममा रिलिज नगरिएको चलचित्र प्रशारण गर्न लागिएको डीएआर मुभिजका निर्देशक श्याम धितालले जानकारी दिए ।
ओएसआर डिजिटल र डीएआर मुभिजको सहकार्यमा नेपाली चलचित्र टेलिभिजनमा प्रशारण गर्न लागिएको बताइएको छ ।





