Comments Add Comment

Advertisment

SKIP THIS

आईजीपी सिंहद्वारा इन्स्पेक्टर नरेश शाहीलाई उत्कृष्ट ट्राफिक व्यवस्थापनको पुरस्कार प्रदान

काठमाडौं। नेपाल प्रहरी प्रधान कार्यालयले प्रहरी निरीक्षक नरेश शाहीलाई ‘उत्कृष्ट ट्राफिक व्यवस्थापन’ पुरस्कार प्रदान गरेको छ ।सोमबार ६७ औँ प्रहरी दिवसका अवसरमा प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रमा उनलाई प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले पुरस्कार प्रदान गरेका हुन् ।                                                                                     

शाहीलाई नेपाल प्रहरीको पेशागत मर्यादालाई आत्मासाथ गर्दै सुरक्षित सडक तथा यातायात व्यवस्थापनमा कुशल व्यावसायिक क्षमता प्रदर्शन गरेको भन्दै कदर स्वरुप उत्कृष्ट ट्राफिक व्यवस्थापन पुरस्कार प्रदान गरिएको हो ।

प्रहरी निरीक्षक शाहीले ट्राफिक सचेतना सम्बन्धीको गीत ‘रातो बत्ती, हरियो बत्ती’ लेख्नुका साथै आफैले स्वर समेत दिएका छन् । यस अघि पनि उनले गीत-संगीतलाई माध्याम बनाएर ट्राफिक सचेतनाका थुप्रै कार्यक्रमहरु चलाउने गरेका थिए ।                                                                     

हाल प्रहरी प्रधान कार्यालयमा कार्यरत प्रहरी निरीक्षक शाही यस अघि महानगरीय ट्राफिक प्रहरी परीसर सातदोबाटो ललितपुरमा प्रमुखका रुपमा कार्यरत थिए । ललितपुरमा कार्यरत हुँदा ट्राफिक जनतेतना फैलाउनुका साथै जिल्लामा ट्राफिक दुर्घटना न्युनिकरण र राजस्वमा समेत उल्लेखनिय वृद्धी गराएका थिए ।

प्रहरी निरीक्षक शाहीले वर्षौंदेखि सर्वसाधारणले भोग्दै आएको सातदोबाटो, ग्वार्को, महालक्ष्मीस्थान लगायतका अति व्यस्त सडक चोकहरुमा हुने ट्राफिक जामको अवस्था अन्त्य गराउनुका साथै समग्रह ललितपुर नगर क्षेत्रको ट्राफिक व्यवस्थापनमा सहजता गराएको आमसर्वसाधारण र सरोकारवाला निकायले मुक्तकण्ठले प्रसंसा गर्ने गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै