प्रदेश नम्बर १ प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी) सुदिप गिरीले जिल्ला प्रहरी कार्यालय ओखलढुंगाको निरीक्षण गरेका छन् । निरीक्षणका क्रममा डिआईजी गिरीले प्रहरी कर्मचारीलाई उत्कृष्ट कार्य गर्न निर्देशनसमेत दिएका छन् । 
निरीक्षण भ्रमणको क्रममा वहाँले कार्यालय तथा सम्पुर्ण शाखाहरु समेतको निरीक्षण गर्नुका साथै कार्यरत प्रहरी अधिकृत तथा जवानहरुलाई निर्देशन दिनु भयो । निर्देशनको क्रममा वहाँले नागरिकको जीउ धनको सुरक्षा, सार्वजनिक सम्पत्तिको रक्षा, सेवाग्राहीसँग समान व्यवहार, नैतिकता र अनुशासित भई प्रहरी संगठन र कार्यालयको गरिमा बढाउने कार्य गर्न र प्रहरी आचरण र ब्यवहारमा सुधार ल्याई सामाजिक सञ्जालको सही सदुपयोग गरी प्रयोग गर्न र आत्महत्या तथा सवारी दुर्घटना न्युनिकरणका लागि बिभिन्न जनचेतना मुलक कार्यक्रमहरु सन्चालन गर्न निर्देशन दिनु भयो । 
साथै चाडपर्वको समयमा सुरक्षा ब्यबस्था थप मजबुद बनाउन र निर्वाचन लक्षित बिशेष सुरक्षा सतर्कता अपनाउन कार्यरत प्रहरी कर्मचारी तथा तालिमरत रहेका म्यादी प्रहरीहरु समेतलाई निर्देशन दिनु भएको थियो ।





