खोटाङमा पुगेर डिआईजी गिरीले प्रहरीले सँधै उच्च मनोबलका साथ काम गर्ने कर्मचारीलाई निर्देशन -
Comments Add Comment

खोटाङमा पुगेर डिआईजी गिरीले प्रहरीले सँधै उच्च मनोबलका साथ काम गर्ने कर्मचारीलाई निर्देशन 

प्रदेश नम्बर १ प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी) सुदिप गिरीले जिल्ला प्रहरी कार्यालय खोटाङको निरीक्षण गरेका छन् । निरीक्षणका क्रममा डिआईजी गिरीले प्रहरी कर्मचारीलाई उत्कृष्ट कार्य गर्न निर्देशनसमेत दिएका छन् ।                                                                                           

निरीक्षण भ्रमणको क्रममा वहाँले कार्यालय तथा सम्पुर्ण शाखाहरुको निरीक्षण गर्नुका साथै कार्यरत प्रहरी अधिकृत तथा जवानहरु लगायत निर्वाचन सुरक्षार्थको निम्ति छनौट भई जिल्लामा तालिमरत रहेका म्यादी प्रहरीहरुलाई समेत निर्देशन दिनु भएको छ ।                                                                                     

निर्देशनको क्रममा वहाँले नागरिकको जीउ धनको सुरक्षा, सार्वजनिक सम्पत्तिको रक्षा, सेवाग्राहीसँग समान व्यवहार, नैतिकता र अनुशासित भई प्रहरी संगठन र कार्यालयको गरिमा बढाउने कार्य गर्न र प्रहरी आचरण र ब्यवहारमा सुधार ल्याई सामाजिक सञ्जालको सही सदुपयोग गरी प्रयोग गर्न र आत्महत्या तथा सवारी दुर्घटना न्युनिकरणका लागि बिभिन्न जनचेतना मुलक कार्यक्रमहरु सन्चालन गर्न निर्देशन दिनु भयो ।                                                                             

डिआईजी गिरिले तालिमरत म्यादी प्रहरीहरुलाई आफुहरु मतदानमा सहभागी हुन नपाए पनि आफ्नो जिम्मेवारीलाई अवसरका रुपमा लिई त्रुटिरहित ढङ्गबाट उच्च मनोबलका साथ ड्युटी निर्वाह गर्न, कमान्डरको कानुनसम्मत आदेशको पालना गर्न र व्यक्तिगत सुरक्षाको ख्याल गर्दै मतदान केन्द्र, मतपत्रलगायतका निर्वाचनसँग सम्बन्धित सामग्री र व्यक्तिहरुको सुरक्षालाई पहिलो प्राथमिकता दिन निर्देशन दिनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै