४ कात्तिक , काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंसिर ४ मा हुने निर्वाचन सामान्य नभएको बताएका छन् ।
काठमाडौँ क्षेत्र नम्बर ७ मा आज आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले मंसिर ४ मा हुने निर्वाचन सामान्य नभएको र चुनाव संविधानको रक्षा, स्थिरता र समृद्धिका पक्षधरले जित्नुपर्ने बताएका छन् ।
‘यो चुनावमा दुइटा गठबन्धन आमानेसामने भएका छन् । एउटा पश्चगमनतिर अर्को अग्रगमनतिर। एउटा संविधान मास्नेतिर र अर्को संविधान रक्षा गर्ने पक्षमा। त्यसकारण मंसिर ४ को निर्वाचन सामान्य अवस्थाको जस्तो छैन,’ उनले भने, ‘देशले जित्ने हो कि होइन। संविधान र लोकतन्त्रले जित्ने हो कि होइन जनताले जवाफ दिने बेला भएको छ ।’




