Comments Add Comment

Advertisment

SKIP THIS

गेष्ट हाउसमा बस्ने पाहुनाहरूको गोप्य रूपमा अश्लिल भिडियो बनाउने एक व्यक्ति पक्राउ

काठमाडौं ३ बाँसवारीस्थित बाँसवारी रेष्ट्रो क्याफे एण्ड लजमा बस्न आउने पाहुनाहरूको गोप्य रूपमा अश्लिल भिडियो रेकर्ड गर्ने गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् ।                                                                               

प्रहरी बृत्त महाराजगञ्जबाट प्रहरी अधिकृतसहितको टोलीले उक्त लजका म्यानेजरलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा काठमाडौं चन्द्रागिरि १५ घर भई उक्त क्याफेको म्यानेजर पदमा कार्यरत ४२ वर्षका मुकेश माली रहेका छन् । मालीको फोन जाँच गर्दा गेष्ट हाउसमा बस्ने गरेका विभिन्न ब्यक्तिहरूको रेकर्डेड भिडियो फेला परेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।                                                                                 

पक्राउ परेका मुकेश माली उपर मुलुकी अपराधसंहिता २०७४ को परिच्छेद–५ को ‘सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसूर’ अन्तर्गत ‘अभद्र व्यवहार गर्न नहुने’ मुद्दा दायर गरिएको छ । उक्त मुद्दामा जिल्ला प्रशासन कार्यालयले ५ दिनको म्याद थप भई अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।                                                                                       

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै