Comments Add Comment

Advertisment

SKIP THIS

भगवती चौधरीलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

७ कार्तिक , काठमाडौं । निर्वाचन आयोगले एमालेबाट सुनसरी क्षेत्र नम्बर ३ को प्रतिनिधिसभा सदस्य उम्मेदवार भगवती चौधरीलाई स्पष्टीकरण सोधेको छ ।

इटहरी उपमहानगरपालिका-१४ मा कार्यकर्ता भेटघाटका क्रममा दिएको अभिव्यक्तिका आधारमा प्रकाशित ‘विपक्षीलाई गोली ठोक्ने र छुरा रोप्ने एमाले नेतृ भगवती चौधरीको धम्की’ भन्ने विषयको समाचारप्रति आयोगको ध्यानाकर्षण भएको भन्दै स्पष्टीकरण सोधिएको हो ।

निर्वाचन आचारसंहिता लागू भई सकेको विषयको सन्दर्भमा तपाईंले निर्वाचन आचारसंहिताको विपरीत हुने गरी अभिव्यक्ति दिनुभएकाले यो पत्र तपाईंलाई कुनै माध्यमबाट प्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोग वा जिल्ला निर्वाचन कार्यालय, सुनसरीमा प्राप्त हुने गरी स्पष्टीकरण पेस गर्न निर्देशन दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै