Comments Add Comment

Advertisment

SKIP THIS

छठ मनाउनका लागि रानीपोखरी उपलब्ध गराउन पुनः माग

१२ कार्तिक , काठमाडौं । छठ समारोह समितिले छठ पर्व मनाउनका लागि रानीपोखरी उपलब्ध गराउन पुनः माग गरेको छ । काठमाडौंमा शनिबार पत्रकार सम्मेलन गरेर समितिले छठ पर्व मनाउनका लागि आइतबार र सोमबार दुई दिन रानीपोखरी उपलब्ध गराउन काठमाडौं महानगरपालिकासँग पुनः माग गरेको हो ।

छठ पर्व मनाउनका लागि रानीपोखरी उपलब्ध गराउन काठमाडौं महानगरमा दिएको निवेदनको सुनुवाइ नभएपछि समितिले पत्रकार सम्मेलन गरेर महानगरसँग आग्रह गर्नुपरेको समिति अध्यक्ष मदन साहले जानकारी दिए ।

रानीपोखरी आसपासमा बस्नेहरू व्रतालुका लागि सहज हुने भएकाले काठमाडौं महानगरसँग आग्रह गरेको साहले बताए ।

भोलि आइतबार जलाशयमा शरीरको आधा भाग डुबाएर अस्ताउँदो सूर्यलाई अर्घ्य दिने र सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य चढाएर छठ पर्व सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै