Comments Add Comment

Advertisment

SKIP THIS

एकीकृत समाजवादीको घोषणा- दीर्घ रोगका बिरामीलाई मासिक ५ हजार

१४ कार्तिक , काठमाडौँ । नेकपा एकीकृत समाजवादीले जटिल र दीर्घ रोगका बिरामीलाई मासिक ५ हजार रुपैयाँ उपलब्ध गराउन पहल गरेको छ ।

सोमबार सार्वजनिक भएको घोषणापत्रमा क्यान्सर, मुटुरोग, मिर्गाैला रोग, मधुमेह, उच्च रक्तचाप जस्ता घातक रोगका औषधि र स्वास्थ्य जाँच निःशुल्क गर्ने उल्लेख छ ।

यस्तै मुटु, मृगौला, कलेजो, फोक्सो र टाउकोको जटिल शल्यक्रिया गर्ने व्यवस्था मिलाउन र मिर्गौला रोगीका लागि डायलोसिस तथा प्रत्यारोपण सेवा निःशुल्क गर्न पहल गरिने एकीकृत समाजवादीले प्रतिबद्धता जनाएको छ ।

सबै पालिकामा अनिवार्य रूपमा एम्बुलेन्स, विकट गाउँका लागि एयर एम्बुलेन्सको व्यवस्था गर्न पहल गर्ने प्रतिबद्धता जनाएको छ । घोषणापत्रमा भनिएको छ, ‘आकस्मिक दुर्घटना, प्राकृतिक प्रकोप तथा विपद् र महामारीबाट हुने घाइते तथा बिरामीको उद्धार र सम्पूर्ण उपचार निःशुल्क गराउन पहल गरिने छ ।’

सरकारी अस्पतालमा कार्यरत चिकित्सक, नर्स र अन्य स्वास्थ्यकर्मीले निजी क्षेत्रमा काम गर्न नपाउने व्यवस्था कडाइका साथ लागु गर्न पहल गर्नेसमेत उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै