Comments Add Comment

Advertisment

SKIP THIS

प्रदेशसभा उम्मेदवार चौधरी घरदैलोमा व्यस्त

१८ कात्तिक, काठमाडौं । एमालेबाट बारा १ (क) का प्रदेशसभाका उम्मेदवार त्रिलोकीप्रसाद चौधरी मतदाताको घरदैलोमा पुगेर राय सुझाव लिएका छन् । घरदैलोका क्रममा चौधरीसँग कोल्हवी र बारागढीका मतदाताले सडक, पिउने पानी र सिँचाइको राम्रो व्यवस्था गर्न माग गरे ।

बुधवार निजगढ नगरपालिकाका विभिन्न वडामा पुगेका चौधरीलाई मतदाताले सिंगौल-फापरवारी, निजगढ-धियाल र निजगढ-अमलेखगंज सडक निमार्ण भए निकै सहज र छिटो हुने भन्दै उम्मेदवारको ध्यानाकर्षण गराएका थिए । उनले यातायातका निम्ति सिंगौल-फापरबारी, निजगढ-धियाल, रतनपुरी-अमलेखगंज, कोल्हवी-कलैया, कोल्हवी-सिमरालगायतका सडक निर्माणका निम्ति केन्द्रीय र प्रदेश सरकारको सहयोगमा पाँच वर्षभित्र सम्पन्न गरिने बताए ।

उनले कोल्हवी, बारागढी र निजगढलाई केरा, धान र मकै खेतीको हवको रूपमा विकास गरिने बताए । निजगढ नगरपालिकाको सिंगौल, रतनपुर, कोल्हवी र बारागढीमा पिउने पानी र सिँचाइको व्यवस्था गर्ने यस क्षेत्रका नदीबाट नहर निर्माण तथा नदी नभएका ठाउँमा भूमिगत सिँचाइलाई प्राथमिकतामा राखेर काम गर्ने बताए ।

यस्तै व्यावसायिक कृषिको रूपमा पशुपालन, बाख्रा, कुखुरा पालन, सामुदायिक तरकारी खेती, केरा खेती तथा अर्गानिक तरकारी उत्पादन, दूध प्रशोधन केन्द्र, कृषि उत्पादनको प्रशोधन उद्योग तथा यहाँका उत्पादनबाट चल्ने कृषि उद्योग सञ्चालनमा प्रशासनिक, पुँजी लगानी कार्य, प्रशासनिक कार्यालय तथा वित्तीय संस्थाबाट सहज लगानीको वातावरण तयार गरी पाँच वर्षभित्र कम्तीमा यस क्षेत्रका १५ सय युवालाई रोजगारी दिने गरी काम गर्ने उनले बताए ।

यस्तै शिक्षामा सबै सामुदायिक सरकारी विद्यालयलाई सवलीकरण गरी सबै जनतामा शिक्षाको पहुँच पुर्‍याउनुका साथै प्राविधिक शिक्षा व्यवस्थापन गरी सिपसहितको जनशक्तिको उत्पादनमा प्रोत्सान दिने उनको भनाइ थियो । उनले निजगढ नगरपालिका, कोल्हवी नगरपालिका, बारागढी गाउँपालीकाभित्र रहेका अस्पताललाई आवश्यकताअनुसारको दरबन्दी पदपूर्ति गरी व्यवस्थित रूपमा सञ्चालनमा ल्याउन पहल र आवश्यक बजेट निकास गरिने आश्वासन दिए ।

उम्मेदवार चौधरीजीले एमाले सरकारले तराई मधेसमा हुलाकी राजमार्ग र सदरमुकाम जोड्ने सडकका लागि ठूलो बजेट छुट्टाएकाले मधेसको विकास हुन थालेको र एमाले सरकारले अघि बढाएका विकास निर्माणका अधुरा योजना पूरा गर्न फेरि एमालेले जित्नुपर्ने दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै