Comments Add Comment

Advertisment

SKIP THIS

ग्वार्को दुर्घटना : युवतीको पहिचान खुलेन, गाडी र चालक पक्राउ

२० कात्तिक, काठमाडौं । ललितपुरको ग्वार्कोमा पैदलयात्रीलाई ठक्कर दिएर फरार भएको गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कात्तिक १२ गते बेलुका ग्वार्कोमा बाटो काट्दै गरेकी एक युवतीलाई ठक्कर दिएर फरार भएको गाडी र चालकलाई प्रहरीले १ सातापछि शनिबार नियन्त्रणमा लिएको हो ।

गाडी र त्यसका चालक प्युठानको प्युठान नगरपालिका–२ का ४७ वर्षीय वीरबहादुर राउतलाई नियन्त्रणमा लिएको परिसर ललितपुरका प्रवक्ता तथा एसपी सुधीरराज शाहीले जानकारी दिए ।

गाडीको ठक्करबाट गम्भीर घाइते भएकी अन्दाजी २० वर्षीया युवतीलाई तत्काल उपचारका लागि अस्पताल पठाइएपनि उनको उपचारकै क्रममा मृत्यु भएको थियो ।

गाडीको ठक्करबाट मुत्यु भएकी उनको अहिलेसम्म पहिचान खुल्न सकेको छैन । गाडीसहित पक्राउ परेका चालकलाई सवारी ज्यानको कसुरमा म्याद लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै