यहाँ भोक र शोकले पिडित भई बस्नु परेको छ छोरा छोरीलाई खुवाउन केहि नभएर मन दुखेको छ । ज्वरो आएर बिरामि पर्दा सिटामोल खान पाएको छैन
भाषण मात्र कति सुन्ने,देशमा केहि परिवर्तन भएन । ।
नेताहरुको ठुला ठुला महल, जनता गरिविले पिडितभएका छन
भाषण मात्र कति गर्छौ ,किन क्रान्ति गरे भन्यौ केहिदिन सकेनौ
सुखि नेपाली र समृद्ध नेपाल बनाउन देशको लागि सोच्यौ
झुपडी,झुपडिबाट देशको लागि आवाज उठाउने गरौ । ।
प्राणको बाजि लगाएर भए पनि देशको सुरक्षा गरौ
गाउँगाउँमा उपचार गर्नका निमित एम्बुलेन्सको व्यवस्था गरौ । ।
सबै नागरिकलाई सुरक्षाको प्रत्याभुति दिने विषयलाई महत्वका साथ हेरौ
यो राष्टको बारेमा जिम्मेवार भएर सबैले सोच्ने गरौ । ।


