Comments Add Comment

Advertisment

SKIP THIS

एकीकृत समाजवादीका पाँच नेतालाई कारबाही

२१ कात्तिक, काठमाडौं । निर्वाचनको सदन्दर्भमा पार्टीको हित विपरीत गतिविधि गरेको भन्दै नेकपा एकीकृत समाजवादीले कर्णाली प्रदेश कमिटी सदस्यसहित जुम्लाका ५ जनालाई कारबाही गरेको छ ।

एकीकृत समाजवादीले देवीलाल थापा, आदीप्रसाद न्यौपाने, नन्दराम रोकाया, रतनबहादुर रोकाया र धर्मराज रावललाई निष्कासन गरेको हो ।

पाँच जनालाई कारबाही गरेको एकीकृत समाजवादीले जुम्ला जिल्ला पार्टीको सम्पूर्ण कामको संयोजन गर्ने जिम्मेवारी केन्द्रीय कमिटीका सदस्य तीर्थबहादुर बुढालाई दिएको महासचिव बेदुराम भुसालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

कारबाहीमा परेकाहरुले नेकपा एमालेसँग मिलेर पार्टी र सत्तारुढ गठबन्धनको विरुद्धमा गतिविधि गर्दै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै