मतदान गर्दा के बिचार गर्ने त ? -
Comments Add Comment

मतदान गर्दा के बिचार गर्ने त ?

२२ कात्तिक , काठमाडौ । आसन्न प्रतिनिधिसभा र प्रदेश सभाको चुनाब आउदै गर्दा आदर्णीय मतदाताहरुलाई केही भन्न मन लाग्यो ?

चुनावमा उमेदवार उठाउने विषयमा मात्र नभई देशका हरेक निकाएहरुमा परिवारवाद, नातावाद र कृपावादको माखे सांङ्लोले जेलिएको नेपालको राजनीतिमा मतदान गर्नुभन्दा अगाडि एक पटक होइन पटक पटक सोच्नुहोस, ता कि मत कुन पार्टिलाई दिँदै छु, या कुन ब्यक्तिलाई ।

साधारण खर्च चलाउनसमेत ऋण नलिई नसक्ने अवस्थामा पुगेको नेपालको अर्थतन्त्र बिदेशबाट पठाएको रेमिट्यान्सले धानिराखेको छ ।
श्रोत साधनको उपज भन्दा पनि लोकपृयताको लागि बितरणमुखी बजेटको कारणले अर्थतन्त्रमा अझ धराशायी हुने संकेत देखिएको छ । सके आफै बुझ्नुहोस नभए बुद्दिजीवीलाई सोध्नुहोस।

कुन चिन्नमा मतदान गर्दै हुनुहुन्छ रु कसलाई रोज्दै हुनुहुन्छ रु सोच्नुहोस ! राम्रोसँग छाप लगाउने तरिका बुझ्नुहोस । पहिला आफ्नो जीवनकालमा केही उन्नती र प्रगति गर्ला जस्तो पार्टी कुन छ त्यसैलाई मत दिने निर्णय गर्नुहोस । सत्ता स्वार्थ र आलोपालो नेतृत्वको सवाल जहाँ उठ्छ, त्यहाँ पक्कै पनि दालमा कुछ कालो छ भन्ने कुरा बुझ्न जरुरी छ ।

तसर्थ, धेरै समयपछि दिइने भोट एक डबका जाँड र एक दुई हजार पैसाको लोभमा नफँस्नुहोस । आफ्नो विवेकलाई बन्दकीमा राखी सात पुस्ताको लागि कमाउने पापी, लोभी, भ्रष्ट , जनतामारा देशद्रोहीहरुलाई पार्टीको कोरा खोल ओढे भन्दैमा जो पायो त्यहीलाई भोट नदिनुहोला । तपाइँको एक भोट्ले गतिलो ब्यक्ति आयो भने समृद्व रास्ट्र निर्माणको लागि निर्णायक भूमिका हुन सक्छ ।

तपाई बुझेको मान्छेले कम्तिमा १० जना अरुलाई बुझाउनुहोस अनि चोरको फन्दामा फँस्नु पर्दैन । विवेक आफै उत्पन्न हुन्छ । नैतिकताको मापन आफै देखिन्छ।
खिमराज गिरी
काठमांडौ
९८५११९२०८८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै


This will close in 20 seconds