काठमाडौं , राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा सञ्चालित “कराते आधारभूत तालिम ५७ औं” समूहको आज मिति २०७९ कात्तिक २५ गते राष्ट्रिय प्रहरी प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सहकुल बहादुर थापाको प्रमुख आतिथ्यतामा एक कार्यक्रमका बीच समापन भयो । 
उक्त कार्यक्रममा प्रमुख अतिथिज्यूले उत्कृष्ट हुने प्रशिक्षार्थीहरुलाई पुरस्कार र प्रमाणपत्र तथा सहभागी सम्पूर्ण प्रशिक्षार्थीहरुलाई प्रमाण-पत्र बितरण गरी निर्देशन सम्बोधन समेत गर्नु भएको थियो । आज सम्पन्न भएको फाईनल प्रतियोगितामा प्रहरी जवान आषिश मिश्र (क्षेत्री) सर्वप्रथम, प्रहरी जवान दिपाल राई सर्वद्वितीय, प्रहरी जवानद्वय छबिलाल डि.सी र बिजय सुनार सर्वतृतीय तथा प्रहरी जवान रञ्जिता लाप्चा महिलातर्फको उत्कृष्ट हुन सफल भएका थिए । 
कार्यक्रममा तालिम संयोजक प्रहरी निरीक्षक सुर्य बहादुर बोगटीज्यूले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । साथै, कराते प्रशिक्षक तथा प्रशिक्षार्थीहरुबाट कराते सम्बन्धी विभिन्न किसिमका कलात्मक सीपहरु समेत प्रदर्शन गरिएको थियो । 
कुल १५६ कार्यदिन अवधिको उक्त प्रशिक्षणमा महिला ५ जना र पुरूष २६ जना गरी कुल ३१ जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको थियो ।








