Comments Add Comment

Advertisment

SKIP THIS

नेपाली सेनाको चण्डीदल गणले निर्वाचन सुरक्षाका लागि नमुना मतदान डेमाे प्रदर्शनी

काठमाडौंको सिंहदरबारस्थित नेपाली सेनाको चण्डीदल गणले निर्वाचन सुरक्षाका लागि नमुना मतदान तथा सिमुलेसन एक्सरसाइज डेमाे प्रदर्शनी गरेकाे छ ।                                                                                       

शुक्रबार नेपाल प्रहरी, सशस्त्र प्रहरीबल, राष्ट्रिय अनुसन्धान विभाग र म्यादी प्रहरी समावेश गरी गणले डेमाे प्रस्तुत गरेकाे हाे ।

अभ्यासमा मतदान केन्द्रमा मदतदान भइरहँदा सबै सुरक्षा निकायकाे कसरी सवन्वय हुन्छ भन्नेबारे डाेमाे प्रस्तुत गरेकाे गरिएकाे थियाे। जसमा काठमाडौँको तीनचुली मतदान केन्द्रलाई आधार बनाएर त्यहाँ भइरहेको निर्वाच बिथोल्न खोज्ने समूहलाई सुरक्षा निकायले सहकार्य गरी अवस्था नियन्त्रण्मा लिएर पुनः मतदान गर्ने वातावरण मिलाएका थिए।                                                                                           

काठमाडौं जिल्ला न्यायाधीश एवं प्रमुख निर्वाचन अधिकृत राजु खतिवडा,काठमाडौँ प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय, चण्डीदल गणका प्रमुख सेनानी बरूण के.सि. काठमाडौँ प्रहरी परिसरका प्रमुख एसएसपी भरत बोहरालगायत प्रमुख निर्वाचन अधिकृतको उपस्थिति थिए ।

यसरी नमुना मतदान तथा सिमुलेसन एक्सरसाइज गर्दा अभ्यासमा सुरक्षाकर्मीहरुको मनोबल उच्च हुनुका साथै कार्यक्षमतामा वृद्धि हुने चण्डीदल गणको विश्वास रहेको छ ।                                                                               

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै