Comments Add Comment

Advertisment

SKIP THIS

काठमाडौंको स्वयम्भू स्तुपा जंगलमा १४ वर्षीया किशोरी बलात्कृत : २० वर्षीय गिरी पक्राउ

२६ कात्तिक , काठमाडौ । काठमाडौं महानगरपालिकाको वडा नम्बर-१५ स्थित स्वयम्भू स्तुपा जंगलमा १४ वर्षीया एक किशोरी बलात्कृत भएकी छन् ।

प्रहरी वृत्त स्वयम्भूका अनुसार धादिङ सिद्धलेख गाउँपालिका–२ पात्ले घर भई काठमाडौं महानगरपालिका–१५ भगवानपाउ बस्ने २० वर्षीय सुमन गिरीले १४ वर्षीया सो किशोरीलाई बलात्कार गरेका हुन् ।

शुक्रबार राति १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा गिरीलाई प्रहरीले पक्राउ गरेको छ । गिरीले किशोरीलाई ललाईफकाई स्वयम्भू स्तुपा नजिकैको जंगलमा लगेर बलात्कार गरेको प्रहरीको भनाइ छ ।

उक्त किशोरी बलात्कृत भएको खबर प्राप्त भएसँगै प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरी टोलीले गिरीलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै