Comments Add Comment

Advertisment

SKIP THIS

सुर्खेतमा ढुंगाले थिचेर एक महिलाको हत्या

२९ कार्तिक , काठमाडौं । सुर्खेतमा एक वृद्धाको हत्या भएको छ ।

प्रहरीका अनुसार लेकवेशी नगरपालिका ९ चौरासेस्थित तिल्कीपानी बस्ने ७२ वर्षकी डिल्लीसरा जैसीको हत्या भएको हो ।

उनको टाउकोमा चोट लागेको र उनलाई मृत अवस्थामा स्थानीयले फेला पारेको हो । जैसी आफ्नै खेतमा रहेको कच्ची घरमा बस्दै आएकी थिइन् । उनको शव घरदेखि डेढ किलोमिटर टाढा भेटिएको थियो । जैसीलाई ढुंगाले थिचेर हत्या गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment