पूर्वी पोल्याण्डमा रुसी मिसाइल प्रहारबाट २ जनाको मृत्यु -
Comments Add Comment

पूर्वी पोल्याण्डमा रुसी मिसाइल प्रहारबाट २ जनाको मृत्यु

३० कात्तिक काठमाडौ । युक्रेनको सिमाना नजिक पूर्वी पोल्याण्डको एक गाउँमा भएको विस्फोटमा दुई जनाको मृत्यु भएको छ । विष्फोट रुसी मिसाइलहरूबाट गरिएको भन्दै नेटो सहयोगीहरूले अनुसन्धान गरिरहेका छन् ।

यसअघि अमेरिकी गुप्तचर निकायका एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै एसोसिएटेड प्रेसले पोल्याण्डमा रुसी क्षेप्यास्त्रहरू प्रवेश गरेको कारण विस्फोट भएको बताएको थियो । तर अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले उक्त विवरणको पुष्टि गर्न नसकेको बताएको छ ।

ह्वाइट हाउसले पनि पोल्याण्डबाट आएका रिपोर्टहरू पुष्टि गर्न नसकिने र थप जानकारी संकलन गर्न पोल्यान्ड सरकारसँग काम गरिरहेको जनाएको छ । रुसी रक्षा मन्त्रालयले रूसी क्षेप्यास्त्रहरूले पोल्याण्डको भूभागमा आक्रमण गरेको रिपोर्टलाई अस्वीकार गर्दै तिनीहरूलाई ‘जानीजानी उक्साहट’ भनी वर्णन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै


This will close in 20 seconds