कवाली शैलीको ‘नखरा कबुल’ सार्वजनिक -
Comments Add Comment

कवाली शैलीको ‘नखरा कबुल’ सार्वजनिक

१ मंसिर , काठमाडौं । कवाली शैलीको ‘नखरा कबुल’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । यस गीतमा स्वर उड्डयन क्षेत्रका सफल व्यवसायी एवं गायक विकास राणाको रहेको छ । गीतमा शब्द नारायण नेपालको रहेको छ भने शशी विक्रम थापाको संगीत रहेको छ । यस गीतलाई विनोद भुजेलले सङ्गीत संयोजन गरेका छन् ।

म्युजिक भिडियोमा नायिका वर्षा सिवाकोटी र नायक पुष्प खड्काको अभिनय रहेको छ । बुद्ध थापाले छायांकन गरेको यस भिडियोलाई विकास धमलाले सम्पादन गरेका हुन् । निकेश खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो । भिडियो गायक राणाको युट्युब च्यानल ‘विकास राणा अफिसिएल’ मार्फत् सार्वजनिक भएको हो ।

यसअघि गायक राणाको स्वरमा ‘प्रेमको परिभाषा’, ‘गालाको तिलैमा’, ‘तीनपाने’, ‘मुसुक्कै हास्यौँ’, ‘शैलुङ’ बोलका गीत सार्वजनिक भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै