Comments Add Comment

Advertisment

SKIP THIS

बाजुराको ७ स्थानमा मतदान स्थगित

४ मंसिर , काठमाडौं । बाजुराको ७ वटा मतदानस्थलको मतदान प्रक्रिया स्थगित गरिएको छ ।

जिल्लाको बुढीगंगा नगरपालिका–८ स्थित गिरिखेल्ने प्राथमिक विद्यालय, बुढीनन्दा नगरपालिका ५ र ७, स्वामीकार्तिक ३ र ४, खप्तड छेडेदह गाउँपालिका-१ र त्रिवेणी नगरपालिका-७ मा रहेका मतदानस्थलको मतदान रोकिएको हो ।

ती मतदानस्थलमा दलका कार्यकर्ताबीच विवाद उत्पन्न भएपछि मतदान केहि समयलाई रोकिएको जिल्ला निर्वाचन कार्यालय बाजुराका प्रमुख नवराज अवस्थीले जानकारी दिए । उत्पन्न विवादले उग्र रुप लिएपछि कतिपय मतदानस्थलमा सुरक्षकर्मीले हवाई फायर गरेका थिए ।

बुढीगंगा–८ को मतदानस्थल अशान्त भएपछि नेपाली सेनाको टोली परिचालन गरिएको छ । मतदान अधिकृत रबीन्द्र शाहसहित कर्मचरीहरु कोठाभित्र सेना र सशस्त्रको सुरक्षामा रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै