मुस्ताङको प्रदेशसभा (२) मा कांग्रेसका विकल शेरचन निर्वाचित -
Comments Add Comment

मुस्ताङको प्रदेशसभा (२) मा कांग्रेसका विकल शेरचन निर्वाचित

५ मंसिर , काठमाडौ । मुस्ताङको प्रदेशसभा (२) मा पनि नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । सोमबार भएको मतगणनामा नेपाली कांग्रेसका विकल शेरचन विजयी भएका हुन् ।

शेरचनले नेकपा एमालेका चन्द्रमोहन गौचनलाई पराजित गरेका हुन् । शेरचनले २ हजार ७२३ मत ल्याउँदा निकटतम् प्रतिद्वन्द्वी गौचनले २ हजार ५६५ मत पाएका छन् ।

योसँगै मुस्ताङबाट प्रतिनिधि सभा तथा प्रदेश सभा दुबैमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । प्रतिनिधिसभामा योगेश गौचन निर्वाचित भएका छन् । प्रदेशसभा ९१०मा मा कांग्रेसकै नम्डु गुरुङ निर्वाचित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment