६ मंसिर , काठमाडौं । गोरखा क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार पुष्पकमल दाहाल प्रचण्डले निरन्तर अग्रता कायम राखेका छन् ।
सत्ता गठबन्धनबाट उम्मेदवार भएका अध्यक्ष प्रचण्डले अहिलेसम्म ४८३२ मत ल्याएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कविन्द्र बुर्लाकोटीले अहिलेसम्म १४२४ मत ल्याएका छन् । नेकपा एमालेका उम्मेदवार अब्दुस मियाँले अहिलेसम्म ११७६ मत ल्याएका छन्। मतगणना जारी छ । अहिलेसम्म ८५४० मत गणना भएको छ ।


