Comments Add Comment

Advertisment

SKIP THIS

रुपन्देही-३ मा राप्रपाका दीपक बोहराको अग्रता

६ मंसिर , काठमाडौं । रुपन्देही-३ मा गृहमन्त्री बालकृष्ण खाँणलाई पछि पार्दै राप्रपाका दीपक बोहराले अग्रता कायम गरेका छन् ।

पछिल्लो मतपरिणामअनुसार राप्रपाका बोहराले चार हजार १७० मतसहित अग्रता लिएका छन् । उनलाई नेकपा एमालेले समर्थन गरेको छ ।

त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार रहेका खाँणले तीन हजार ९१९ मत प्राप्त गरेका छन् । रूपन्देहीको पाँचवटै निर्वाचन क्षेत्रमा मतगणना जारी छ । रूपन्देही निर्वाचन क्षेत्र नं ३ मा प्रतिनिधिसभा सदस्यका लागि गृहमन्त्री बालकृष्ण खाणको पनि उम्मेदवारी परेको हुँदा अहिले यो क्षेत्रलाई सर्वाधिक चासोका साथ हेरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै