Comments Add Comment

Advertisment

SKIP THIS

रौतहट-२ मा फराकिलो मतान्तर बनाउँदै स्वतन्त्र उम्मेदवार साह

६ मंसिर , काठमाडौं । रौतहट क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका किरण साहले मतान्तर फराकिलो बनाउँदै लगेका छन् । क्षेत्र नम्बर ३ का उमेदवार प्रभु साहको समर्थन पाएका चापाकल चुनाव चिन्ह पाएका उनले आफ्ना निकटतम प्रतिद्वन्दी भन्दा झन्डै १६०० मत बढी ल्याएर अग्रता बनाएका हुन् ।

जारी मतगणनाको पछिल्लो परिणाम अनुसार किरण साहले हालसम्म ५६२४ मत प्राप्त गरेका छन । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसबाट सता गठबन्धनका प्रतिनिधिसभाका उमेदवार हाल कारागारमा रहेका पूर्वमन्त्री आफताभ आलमका छोरा डाक्टर फिरदोस आलमले ४२२९ मत प्राप्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै